नेकपाका संस्थापक नेता कर्माचार्यको परिवारसँग प्रचण्डको भेट

मूल पत्रिका
९ श्रावण २०७९, सोमबार १८:५१

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको परिवारसँग भेट गरेका छन्। सोमबार बिहान कर्माचार्यको स्मृति दिवसको अवसरमा परिवार तथा आफन्तजनलाई भेट गर्न ललितपुरको कुम्भेश्वरमा पुगेर भेट गरेका हुन्।

प्रचण्डसहित माओवादी नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल पनि पुगेका थिए। उनले त्यहाँ कर्माचार्यको सालिकमा माल्यार्पण गरेका थिए। कर्माचार्यको भाइ, बुहारी लगायतका आफन्तजनसँग प्रचण्डले भेट गरेका थिए।

नेकपाका ४ जना संस्थापक नेतामध्ये कर्माचार्य एक हुन्। पुष्पलाल श्रेष्ठ, नारायणबिलास जोशी, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य नेकपाका ४ संस्थापक नेता हुन्। कर्माचार्य जीवनको अन्तिम घडीमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*