निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै रवीन्द्र मिश्रले दिए पार्टीबाट राजीनामा

मूल पत्रिका
११ जेष्ठ २०७९, बुधबार १६:०४

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनमा निराशाजनक परिणाम आएको भन्दै अध्यक्ष मिश्रले पार्टीबाट राजीनामा दिएका हुन्। ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निःस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*